नवराज सुवेदीले भने – सरकारको रबैयाले चैत १५ गतेको जस्तो हुन्छ कि भन्ने डर लागेको छ
काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
शान्तीपुर्ण आन्दोलन हुने दाबि गर्दै आएका उनले सरकारको रबैयाले चैत १५गतेको जस्तो हुन्छ कि भन्ने डर लागेको बताएका छन् ।
जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा सुवेदीले यस्तो बताएका हुन् ।
राजावादीहरुले निर्णायक आन्दोलनको तयारी गरीरहेकाबेला प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै पत्रकारहरू साक्षी बसिदिन समेत उनले अनुरोध गरे ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार
















