आदिवासी जनजातिका चाड पर्वहरूको राष्ट्रिय पहिचान कांग्रेसले दिएको हो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू कार्यान्वयनमा दृढ रहेको बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आज आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिता नेपाली कांग्रेसकै नेतृत्वमा आएको उनले बताए ।
आदिवासी, जनजातिहरूको सशक्तीकरणका लागि कांग्रेस सधैँ क्रियाशील रहेको भन्दै उनले पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न सहयोग गर्ने बताए ।
आदिवासी जनजातिका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान नेपाली कांग्रेसको नेतृत्वको सरकारले दिएको बताए ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार
















