भोलिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोली हुने आन्दोलनमा कुनै प्रकारको हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए ।
उनले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर प्रधानमन्त्रीले मान्छे भिडाउन खोजेको पनि आरोप लगाए ।
आफनो आन्दोलन शान्तिपूर्ण हुने बताउँदै उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे ।
राप्रपाले आन्दोलनको मिति तोकिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले उक्त दिन काठमाडौं एमालेको कब्जामा हुनु पर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका थिए ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार
















