कास्कीमा एक घण्टामा दुई भूकम्पको धक्का महसुस



काठमाडौं । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

आज बिहान ११ बजेर ५६ मिनेटमा कम्प गएको बताइएको छ । यस्तै दोस्रो भूकम्पको धक्का १२:५० बजे अन्नपूर्ण दोस्रो आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्