निक पोथास नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक



काठमाडौँ, १५ जेठ  नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका निक पोथास नियुक्त हुनुभएको छ ।

दक्षिण अफ्रिकाका पूर्व क्रिकेटरसमेत रहनुभएका पोथासलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

उहाँले यसअघि श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेश टोलीसँग समेत काम गरिसक्नुभएको छ । उहाँ पछिल्लो समय बङ्गलादेश टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

नेपाली क्रिकेट टोली अहिले लिग–२ को चौथो चरणको खेलमा लागि स्कटल्यान्ड भ्रमणमा रहेको छ । हाल तयारी खेल खेलिरहेको नेपालले स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग जेठ १९–२७ गतेसम्म लिग–२  खेल्नेछ । 

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्