नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौँ, १६ जेठ । पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको हो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।
खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो । एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्ने छ ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार
















