Deshko News
११ आश्विन २०८०, बिहिबार

मैयुङ–हाँस पोखरी महोत्सबकाे तयारी तिब्र



काठमाडाैं, फागुन ३०

मैयुङ–हाँस पोखरी महोत्सब २०७४ को आर्थिक सहयोग तथा प्रचार प्रसार गर्ने उदेश्यका साथ आज राजधानीमा बृत्तचित्र प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

तिम्मा सरोकार समाज काठमाडाैंको आयोजनामा भएको उक्त कार्यक्रममा भोजपुर तथा खोटाङ जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रका ब्यक्ति ब्यक्तित्वहरु साथै सांसद तथा पुर्ब मन्त्रिहरुको उपस्थिति रहेको थियो ।

भोजपुर तथा खोटाङ जिल्लाको सिमा क्षेत्रमा रहेको सुन्दर पर्यटकीयस्थल मैयुङ डाँडाको प्रचार–प्रसार गरी पर्यटन ब्यबसायको प्रवर्द्दन गर्ने उदेश्यका साथ तिम्मा सरोकार समाजले आगामी २०७४ सालको बैशाख १, देखि ३ गतेसम्म तीन दिने मैयुङ–हाँस पोखरी महोत्सब २०७४ आयोजना गरेको हाे ।

आजको कार्यक्रममा भोजपुरे गायक श्याम सामसोङ राईद्दवारा निर्देशित भोजपुर जिल्लाको बिभिन्न पर्यटकीय स्थलहरुको बिभिन्न ऋतुहरुको सुन्दर दृश्यहरु कैद गरिएको ऋतुहरुमा भोजपुर नामक बृत्तचित्र प्रदर्शन गरिएको थियाे ।

जम्मा ५० मिनेटको उक्त बृत्तचित्रलाई नै आधार बनाएर त्यसै बिषयमा अन्तर क्रिया कार्यक्रम पनि गरिएको थियो । अन्तरक्रियामा बिभिन्न पर्यटन तथा होटल ब्यबसायमा लागेको ब्यक्तिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

उनीहरुले यस क्षेत्रमा बिभिन्न प्रकारका पर्यटनको सम्भाबना रहेको साथै यस महोत्सबले त्यसको लागि माहोल तयार गरेको बताएका थिए । मैयुङ–हाँस पोखरी महोत्सबमा बिभिन्न कार्यक्रमहरु पनि घाेषणा गरिएकाे छ ।

जसमध्ये दाँवाली मिलन क्लबको सह आयोजनामा भोजपुर बजार देखि मैयुङ डाँडासम्म अल्ट्रा म्याराथुनको लागि पहल गर्ने बताइएकाे छ ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News