टेलिकमले ५१ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौँ, फागुन ३०

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको यहाँ आज सम्पन्न नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२/७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण तथा कम्पनीको नियमावलीमा संशोधन लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा प्रतिवेदन पेस गर्दै कम्पनीले विगत वर्षमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याएकाे बताए ।
उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नाे बजार विस्तारलाई मजबुत गरिएको बताउँदै व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनीले सेवाको सङ्ख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको जनाए ।

सचिव गुरुङले आव ०७२÷७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्वमा ३ दशमलव ६८ प्रतिशतले वृद्धिगरी खुद मुनाफा रु १३ अर्ब ६८ करोड कायम राख्न सफल भएको बताए ।

गत आवको तुलनामा यो वर्ष १५ दशमलव ६५ प्रतिशतले ग्राहक सङ्ख्या वृद्धि भएको पनि उनले जानकारी दिए ।

कम्पनीको लाभांश रकम आगामी चैत १ गतेदेखि सेयरधनीलाई वितरण गरिने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News