आईपीएलको उपाधिका लागि आज पञ्जाब र बेंगलुरु भिँड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधिका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिँड्दैछन् ।

खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः३० बजेदेखि खेलिनेछ । १८ वर्षदेखि उपाधिको पर्खाइमा रहेका यी दुई टोलीमध्ये एकले यस पटक उपाधि पाउँछन् ।

बेंगलुरु चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका छन् । बेंगलुरु यसअघि २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने पञ्जाबले २०१४ मा आफ्नो एक मात्र फाइनल गुमाएको थियो ।

आईपीएल इतिहासमा पञ्जाब र बेंगलुरुबीच हालसम्म ३६ वटा खेल खेलिएका छन् । जहाँ दुवैले १८–१८ खेल जितेर बराबरीको प्रतिस्पर्धा देखाएका छन्।

यस सिजनको क्वालिफायर–१ मा पनि यी टोली भिड्दा बेंगलुरुले ८ विकेटले जित हासिल गरेको थियो। यस सिजनमा यी दुई टोलीबीच यो चौथो खेल हुनेछ, जसमध्ये अघिल्ला तीन खेलमा दुईमा बेंगलुरु र एकमा पञ्जाबले जित हात पारेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्