भाेजपुरका गाउँपालिकामा काे–काे भए निमित्त प्रमुख ?
भाेजपुर, चैत्र १
जिल्ला विकास समिति र गाँउ विकास समितिहरु खारेज भएसँगै सङ्घीय संरचना अनुसार नयाँ ७ सय ४४ स्थानीय तह सोमबारदेखि व्यवहारिक रूपमा कार्यान्वयनमा आएका छन् ।
नयाँ संरचना अनुसरा भोजपुरमा स्थानीय तह अन्तर्गत २ नगरपालिका र ७ गाउपालिका कायम भएका छन् । पुराना संरचना विघटन भएपछि साविक जिविस अव जिल्ला समंन्वय समितिमा परिवर्तन भएको छ ।
अब गाविसको काम गाउँपालिकाको वडाहरुबाट गर्ने तयारी भईरहेको छ । गाउपालिकामा कर्मचारी व्यावस्थापन गर्न हाल साविक गाविसमा कार्यरत कर्मचारीहरु मध्येबाट ज्येष्ठताको आधारमा निमित्त कार्यकारी वनाएर पठाइएकाे छ भने १० दिन पछि मन्त्रालयबाट कार्यकारी पठाउने तयारी भईरहेको जिल्ला समन्वय समिति भाेजपुर प्रमुख सिता परियारले बतार्इन ।
भाेजपुर र षडानन्द नगरपालिकामा कार्यकारी प्रमुख यथावत छन् भने गाउँपालिकाकाे निमित्त प्रमुखमा गाविस सचिवहरू ताेकिएका छन् । वडा कार्यलयमा खटिने कर्मचारी र सचिव कार्यकारीले ताेक्नेछन् ।
कुन गाउँपालिकामा काे ?
१. साल्पा सिलिछो गाउँपालिका : सागरमणी गौतम
२. अरुण गाउँपालिका : लेखराज तिम्सिना
३. पौवादुङ्मा गाउँपालिका : शालिकराम कोइराला
४. ट्याम्केमैयुङ गाउँपालिका : शुरेसकुमार ढुंगेल
५. रामप्रसाद राई गाउँपालिका : प्रेमकुमार शाक्य
६. हतुवागढीे गाउँपालिका : गणेश प्रधान
७. आमचोक गाउँपालिका : कृष्णबहादुर दाहाल
याे पनि पढ्नुहाेस्
भाेजपुरकाे स्थानीय तह : तपार्इ कुन गाउँपालिकाकाे कति नं वडामा पर्नुभयाे, केन्द्र कहाँ, जनसंख्या कति ?
प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार