आइपीएलको उपाधि आरसिबीलाई, कति पायो पुरस्कार राशी ?
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले जितेको छ ।
आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८औं सिजनको उपाधि जितेको हो।
आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको हो ।
उपाधि जितेपछि आरसीबीले २० करोड रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । उपविजेता पञ्जाब किंग्सले १२.५ करोड रुपैयाँमा पायो।
तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड र चौथो स्थानमा रहेको गुजरात टाइटन्सले ६.५ करोड रुपैयाँ प्राप्त गरेको छ ।
अरुण जेटली स्टेडियमले पिच र ग्राउन्ड अवार्डमार्फत ५० लाख रुपैयाँ प्राप्त गर्यो।
त्यस्तै, सूर्यकुमार यादव टुर्नामेन्टको उत्कृष्ट खेलाडी चुनिए र उनले १५ लाख रुपैयाँ पुरस्कार पाए।
सिजनमा सर्वाधिक ७५९ रन बनाउने गुजरातका साई सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख रुपैयाँ जिते। सर्वाधिक २५ विकेट लिने प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख रुपैयाँ प्राप्त गरे। १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर चुनिए।
गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक व्यक्तिगत अवार्ड जिते। ओरेन्ज क्यापबाहेक उनले अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन, र सर्वाधिक चौका (मोस्ट बाउन्ड्री) को अवार्ड पनि हात पारे।
मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक चौका हान्दै मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड जिते।
त्यस्तै, सर्वाधिक छक्का हान्ने निकोलस पुरन, उत्कृष्ट बलर (ग्रिन डट बाल) मोहम्मद सिराज, र सिजनको उत्कृष्ट क्याच लिने कमिंदु मेंडिसले पनि अवार्ड जिते।
यी सबैले १०–१० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार
















