नेपाली दर्शकहरूलाई खेलपछि मैदानमा प्रवेश नगर्न क्यानको आग्रह
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका समर्थकहरूलाई खेल मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ ।
बुधबार क्यानले नेपाली दर्शकहरूलाई खेलपछि मैदानमा प्रवेश नगर्न आग्रह गरेको हो ।
नेपालले बुधबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मा सुरु हुनेछ ।
यसअघि ,सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो ।
स्कटल्यान्डलाई पराजित गरेपछि नेपाली क्रिकेट समर्थकहरू मैदानमा प्रवेश गरेर खुसीयाली मनाएका थिए ।
क्यानले नेपाली क्रिकेट टिमलाई नारा र तालीमार्फत हौसला प्रदान गर्ने समर्थकहरूको जोशले टिम नेपालको मनोबल उच्च बनाएको पनि बताएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार
















