त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल आज स्कटल्याण्डसँग खेल्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज (आइतबार) नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे खेल हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।

शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

शृङ्खलाका सुरुवाती १२ खेलमा ६ अङ्क मात्र जोडेको नेपालले त्यस पछिका दुई खेलमा दुवै जित हात पारेको हो ।

१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ भने १८ खेलमा २२ अङ्कका साथ स्कटल्यान्ड चौथो स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।

यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्