विश्वकप लिग–२ : नेपाल आज नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिँदै
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
स्कटल्यान्डमा नेपाल नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले हालसम्म ३ खेल खेलेकोमा २ खेलमा जित र एकमा पराजय व्यहोरेको छ ।
जारी सिरिजको आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
अंकतालिकामा भने नेपाल सातौँ स्थानमा छ । हालसम्म १५ खेल खेलेको नेपालले ४ मा जित, ९ मा पराजयसहित १० अंक बटुलेको छ । २२ खेल खेलिसकेको नेदरल्यान्ड्स भने १२ जित, ८ हारसहित २६ अंक बटुल्दै दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार
















