आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै
काठमाडौँ । स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल भोलि (सोमबार) नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी २० शृंखला खेल्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् ।
तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउनेछन् ।
प्रकाशित मिति: १ असार २०८२, आइतबार
















