त्रिदेशीय टी–२० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै



काठमाडौं । त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

स्कटल्यान्डको तितवुड मैदानमा नेपालले नेपाली समय अनुसार बेलुका पौने ८ बजे पहिलो खेल खेल्नेछ ।

सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

नेपालले यसअघि आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृङ्खला खेलेको थियो । जसमा नेपालले ४ खेलमध्ये ३ खेल जित्दै ६ अङ्क जोडेको छ ।

नेपाली टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, नन्दन यादव, सन्दिप लामिछाने, रिजन ढकाल, लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह

प्रकाशित मिति: २ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्