धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित, आजै थुनछेक बहस हुने



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका मिश्र मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुने बताइएको छ।

गत जेठ ११ गत मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री धवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । उनी ३ लाख धरौटीमा छुटेका छन् ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्