विनयी खोलाको डाइभर्सन बाढीले बगायो, यातायात सेवा प्रभावित
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाएको छ ।
हिजो पानी परेर बाढीआएपछि विनयी खोलाको डाइभर्सन बगाएको हो । अहिले त्यस क्षेत्रमा सहजरुपमा गाडी चल्न सकेका छैनन् । डाइभर्सनमाथिबाटै पानी बगेको छ ।
यात्रुबाहेक बस र साना गाडी होङ्सी सिमेन्टको गेट हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।
तर, दुम्किबास दाउन्नेको उकालोमा पनि समस्या छ । नवलपरासीको दाउन्ने खण्डमा गाडी एकतर्फी चलेका छन् ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार
















