होटलमा श्रीमती भेट्न पुगेका युवक मृत फेला
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् ।
हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान असार २ गते सोमबार राति मृत फेला परेका हुन् ।
उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति जल भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ ।
मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरीले जनाएको छ ।
होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेका थिए ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार
















