दिक्तेल बजारको आठ टन फोहोर उठ्यो



खोटाङ, चैत्र २

दिक्तेलस्थित जयपुरेडाँडामा जथाभावी थुपारिएका आठ टन फोहोर हटाइएको छ । ‘स्वच्छ र सुन्दर नगरपालिका’ अभियानअन्तर्गत मङ्गलबार प्रशासन, जिल्ला समन्वय समिति र रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त पहलमा उक्त परिमाणको फोहोरमैला हटाइएको हो ।

बजार क्षेत्रमा बढ्दो फोहोरमैला नियन्त्रणका लागि स्वच्छ र सफा नगरपालिका अभियान थालिएको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराँतीले बताउनुभयो ।

फोहोर फाल्ने ल्यान्डफिलसाइट अभावमा स्थानीयवासी र व्यवसायीले जयपुरेडाँडामा थुपारेको मादक पदार्थका बोतल, सिसा, प्लास्टिक, धातुका टुक्रालगायत फोहोरमैलाको थुप्रो हटाइएको हो ।

जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पत्रकार र नागरिक समाजका अगुवा सहितको टोलीले उठाएका फोहोरमैला ट्रक र ट्याक्टरमा हालेर चार किलोमिटर टाढा रहेको रुपाकोट मझुवागढी गाउँपालिका– १ स्थित खोल्सामा फालिएको नगरपालिकाले जनाएको छ ।

‘बजार क्षेत्रको हरेक चोकमा फोहरको डङ्गुर छ । जथाभावी फालिएका फोहर व्यवस्थापन गर्न हरेक हप्ताको शनिबार अभियान सञ्चालन गरिने नगरपालिकाले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News