सांसद अमरेशले भने – डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन कति वर्ष लाग्छ ?



काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन कति वर्ष लाग्छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकको छलफलका क्रममा उनले सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन कति वर्ष लाग्छ ? यसबारे पनि जानकारी गराइदिनु होला।’

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंकलाइन बक्यौता चाँडै उठ्ने जवाफ दिएका थिए ।

उनले डेडिकेटेड र ट्रंकलाइनमा पुनरावलोकन गर्ने बताएका थिए ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्