नेपालमै भेटियो बर्ड फ्लुको नयाँ भाइरस



काठमाडौं, चैत ३

नेपालका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।

इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्ड फ्लु ‘एच५ एन१’ भाइरस देखिदैं आएको थियो ।

नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठन सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । – यो खवर हामिले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News