काभ्रेको एकीकृत खानेपानी आयोजनाबारे वडाध्यक्ष खत्रीले गरे छानबिनको माग



बनेपा । पनौती नगरपालिकको १७ औं अधिवेशनले सार्वजनिक महत्त्वको प्रस्तावलाई नगर सभाबाट पास गरेको छ ।

पनौती नगरपालिका वडा न ५ का वडा अध्यक्ष बिनोद खत्रीले सभामा पेश गरेका सार्वजनिक महत्त्वको बिषयलाई नगरसभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका हुन् ।

वडाध्यक्ष खत्रीले पेश गरेको प्रस्तावमा काभ्रे जिल्लाका ३ वटा नगरपालिकाहरु, पनौती, बनेपा र धुलिखेलका नागरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार, एसियाली विकास बैंकको ऋण, अनुदान तथा नगरपालिका समेतको लगानीमा संचालन भएको एकिकृत खानेपानी आयोजना वर्तमान अवस्थामा सन्तोष लाग्दो रुपमा संचालन हुन नसकेको कुरा उल्लेख छ ।

साथै डिपिआर बमोजिम खानेपानी आयोजनामा गुणस्तरीय सामाग्रीहरु प्रयोग नभएको तथा आयोजनालाई निस्वार्थ ढंगले सम्पन्न गर्ने काम जिम्मेवार ब्यबस्थापन समितिले प्रभावकारी ढंगले काम नगरेको र खानेपानी जस्तो संवेदनशील बिषयमा बेवास्ता एवं लापरवाहीले समग्र आयोजनाका उपभोक्ताहरु आक्रान्त भएको व्यहोरा उल्लेख छ ।

बुधबार नगर सभामा अध्यक्ष खत्रीले पेश गरिएको प्रस्तावमा यो आयोजनालाई कुनैपनि वहानामा पछाडि धकेल्नु तिनै नगरपालिकाका नागरिकलाई धोका दिनु हो समेत भनिएको छ ।

उक्त आयोजनामा राज्यको अर्बौं रकम डुबेको हुँदा जनताले तिरेको करको सहि सदुपयोग नभएकोले निर्माण व्यवसायी, काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजना लगायतलाई खानेपानी आयोजनालाई पूनर्जीवित गर्ने उदेश्यका साथ नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट आवश्यक छानविनको माग समेत गरिएको छ ।

यस्तो छ सार्वजनिक महत्वको प्रस्तावः

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्