यसरी हेर्न सकिन्छ एसइईको नतिजा
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बोर्डका डा.महाश्रम शर्माले जानकारी दिनुभयो । विभिन्न माध्यमबाट विद्यार्थीले नतिजा हेर्न पाउने बाेर्डले व्यवस्था गरेकाे छ ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार
















