दौड प्रतियोगितामा पुरुषतर्फ सञ्जय र महिलातर्फ निशा प्रथम
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार घोराहीमा सम्पन्न लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष र महिला १० किलोमिटर ‘रोड रेस’ दौड प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ प्रथम, सोही क्लबका नरेन्द्र सिंह रावत द्वितीय र नेपाल पुलिस क्लबका नागेश्वर अहिर तृतीय भएका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लबकी निशा सार्की प्रथम, एपीएफ क्लबकी दीपा परियार द्वितीय र नेपाल पुलिस क्लबकी सुमित्राकुमारी चौधरी तृतीय स्थानमा रहनुभएको छ। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: १४ असार २०८२, शनिबार
















