इरानको चेतावनी, मध्यपूर्वी तनाव थप चर्कियो



तेहरान, ५ साउन । यमनका हुथी विद्रोहीले साउदी बन्दरगाहमा नाकाबन्दी गर्ने चेतावनी दिएसँगै मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबीच इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचना र हवाई रक्षा प्रणालीमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज जलमार्ग हुँदै आवतजावत गरिरहेका दुई तेल ट्याङ्कर नियन्त्रणमा लिएको दाबी गरेको छ। पछिल्लो झडपमा अमेरिकी सैनिक हताहत भएपछि अमेरिकाले पनि इरानविरुद्ध नयाँ चरणको सैन्य कारबाही अघि बढाएको जनाएको छ।

हुथी विद्रोहीले साउदी बन्दरगाह अवरुद्ध गर्ने घोषणा गरेपछि विश्व ऊर्जा बजार प्रभावित हुन सक्ने चिन्ता बढेको छ। हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय तेल व्यापारको प्रमुख मार्ग भएकाले त्यस क्षेत्रमा देखिएको तनावले तेल आपूर्ति र मूल्यमा असर पार्न सक्ने विश्लेषण गरिएको छ।

यता, तनाव बढिरहेका बेला इरानले मध्यस्थकर्तामार्फत अमेरिकासँग कूटनीतिक संवाद जारी रहेको जनाएको छ। क्षेत्रीय संकट समाधानका लागि विभिन्न देशबीच कूटनीतिक पहल पनि तीव्र बनाइएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार