भक्तपुरमा मिनीट्रकले कुल्चँदा १५ महिने शिशुकाे मृत्यु


 


भक्तपुर, चैत्र ३

नगरकोट नगरपालिका–३ ताथली आलुबारीमा आज बा १ ख ४७९९ को मिनीट्रकले सुतिरहेको शिशुलाई कुल्चिएपछि उनको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक प्रकाश विष्टले घटनामा १५ महिनाको सुरेश तामाङको मृत्यु भएको जानकारी दिनुभयो । भक्तपुरको लक्ष्मी इँटाभट्टामा काम गर्दै आएका काभ्रे महादेवटार–३ का लक्ष्मण तामाङका १५ महिनाको छोराको मृत्यु भएको हो ।

मिनीट्रकले बालकलाई कुल्चिएर ज्यान गएलगत्तै भट्टामा कार्यरत मजदुरले गाडी तोडफोड गरी चालक भक्तपुर नगरपालिका–२ जेँलाका जयराम गाईजुलाई कुटपिट गरेका छन् । कुटपिटपछि प्रहरी र मजदुरबीच झडप हुँदा इँटाभट्टा क्षेत्र निकैबेर तनावग्रस्त बनेको थियो ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्