ट्रम्पको मस्कप्रति फेरि आक्रोश : अनुदान रोकिए मस्कले पसल बन्द र अफ्रिका फर्कनुपर्नेछ



एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि टेस्ला तथा स्पेसएक्सका संस्थापक इलोन मस्कप्रति तीव्र आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालमार्फत् ट्रम्पले मस्कलाई निशाना बनाउँदै भनेका छन्, “यदि मस्कलाई दिइने सरकारी अनुदान रोकियो भने उनले आफ्नो पसल बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने हुन्छ।”

पूर्वराष्ट्रपति ट्रम्पले आरोप लगाएअनुसार मस्कले टेस्ला र स्पेसएक्समार्फत् अन्य कुनै पनि व्यवसायीले नपाएको मात्रामा सरकारी अनुदान लिएका छन्। उनले तर्क गरे, “अनुदानबिना न त टेस्लाले विद्युतीय कार बनाउन सक्छ, न त स्पेसएक्सले रकेट वा उपग्रह प्रक्षेपण गर्न सक्छ।”

ट्रम्पले अमेरिकाको सरकारी दक्षता विभाग (डज) लाई मस्कलाई दिइएको अनुदानको विस्तृत अनुसन्धान गर्न आग्रह गरेका छन् । उनका अनुसार, यस्तो अनुसन्धानले मुलुकको ठूलो आर्थिक खर्च बचत गर्न सक्नेछ।

यसबीच, अमेरिकी सिनेटले कर र खर्चसम्बन्धी विधेयक पारित गरेको छ, जसप्रति मस्कले आलोचना गर्दै आएको पृष्ठभूमिमा यो वाकयुद्ध पुनः चर्किएको हो ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्