शमीले पत्नी र छोरीलाई हरेक महिना ४ लाख भारु दिनुपर्ने अदालतको आदेश



कोलकाता । कोलकाता उच्च अदालतले सम्बन्ध विच्छेदपछि क्रिकेटर मोहम्मद शमीलाई उनकी श्रीमती हसीन जहाँ र छोरी आयरालाई प्रति महिना ४ लाख भारतीय रुपैयाँ तिर्न आदेश दिएको छ।

भारतीय फास्ट बलरले यो रकम मासिक भरणपोषणको रूपमा तिर्नुपर्नेछ। शमीको यो मुद्दाको सुनुवाइ २१ अप्रिल २०२५ मा भएको थियो । यसको फैसला १ जुलाईमा आएको हो ।

आदेश अनुसार, हसीन जहाँले १।५० लाख रुपैयाँ र छोरी आयराले २.५० लाख रुपैयाँ प्रति महिना पाउनेछिन्। यो रकम विगत सात वर्षदेखि लागू हुनेछ। साथै, तल्लो अदालतलाई छ महिनामा मुद्दाको छिनोफानो गर्न निर्देशन दिइएको छ।

मोहम्मद शमी र हसीन जहाँको विवाह अप्रिल ७, २०१४ मा भएको थियो। विवाहको लगभग एक वर्ष पछि, जुलाई १७, २०१५ मा, दम्पतीले एक छोरीलाई जन्म दिए ।

छोरी आयराको जन्मपछि, शमीलाई हसीन जहाँ पहिले नै विवाहित रहेको र उनको पहिलो विवाहबाट दुई बच्चाहरू पनि रहेको थाहा भयो । त्यसपछि हसीन जाहाँले मोहम्मद शमी र उनको परिवारमाथि हिंसाको आरोप लगाएकी थिइन्।

त्यसपछि २०१८ देखि यो मुद्दामा सुनुवाइ चलिरहेको छ। आफूले पाउँदै आएको रकम कम हुन थालेपछि हसीन जहाँले अदालतको ढोका ढकढक्याएकी थिइन् ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्