इन्डोनेसियाको बाली टापु नजिकै जहाज डुब्यो : दुईको मृत्यु, ४३ जना बेपत्ता



एजेन्सी । इन्डोनेसियाको बाली टापुमा बिहीबार ६५ जना यात्रु बोकेको जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएका छन्।

केएमपी टुनु प्रतामा जया नामक जहाज पूर्वी जाभाको केतापाङ बन्दरगाहबाट बालीको गिलिमानुक बन्दरगाहसम्म ५० किलोमिटरको यात्रा रहेको थियो।

प्रस्थान गरेको लगभग ३० मिनेटपछि यो डुबेको थियो। जहाजमा लगभग ५३ यात्रु र १२ जना चालक दलका सदस्यहरू थिए। साथै २२ वटा सवारी साधन पनि राखिएका थिए।

अहिलेसम्म दुई जनाको शव निकालिएको छ भने २० जनाको उद्धार गरिएको छ। उद्धार गरिएका धेरैको अवस्था गम्भीर छ।

सुराबाया उद्धार एजेन्सीले बिहीबार एक विज्ञप्तिमा भनेको छ कि स्थानीय समय अनुसार राति ११:२० बजे जहाज डुबेको थियो।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्