अमेरिकाको टेक्सासमा बाढीबाट १३ जनाको मृत्यु, २० बालिका बेपत्ता
काठमाडौं, असार २१ । अमेरिकाको टेक्सासमा भारी वर्षापछि आएको बाढीमा परेर १३ जनाको मृत्यु भएको छ ।
त्यहाँको ग्वाडालुप नदीमा आएको बाढीमा परेर २० बालिका बेपत्ता भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । उद्धार टोलीले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताइएको छ ।
यद्यपि अधिकारीहरूले बेपत्ता व्यक्तिहरुको आधिकारिक तथ्याङ्क दिन गाह्रो भएको बताएका छन् ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार
















