अरुण गाउँपालिका उदघाटन


 


भाेजपुर, चैत्र ४

भाेजपुरकाे अरूण गाउँपालिकाकाे उद्घाटन भएकाे छ । गाउँपालिकाकाे केन्द्र प्याउलीमा एक औपचारिक समारोहका बीच निमित्त कार्यकारी प्रमुख लेखराज तिम्सिनाले अरुण गाउँपालिकाको कार्यलयको नामपाटीमा भएको नाम र स्थापना मिति पढेर उदघाटन गरेका हुन् ।

हाल तत्कालका निम्ति साबिक प्याउलीस्थित पुरानो गाबिस कार्यलयमै गाउँपालिका स्थापना गरिएको छ । त्यस्तै ६ वटा वडा साबिकका गाबिस कार्यलयहरुमा वडा कार्यलय कायम राखि कामकाज सञ्चालन गर्ने निर्णय भएको छ ।

गाउँपालिकाको उदघाटन कार्यक्रममा अरुण क्षेत्रका ६ वटा गाबिसहरु याङपाङ,चम्पे,प्याउली, चरम्बी,याकु र जरायोटारका
समाजसेवी, क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु,सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख, स्थानीय बासिन्दाहरुको उपस्थिति थियाे ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्