पदबाट हटाइएको केही घण्टामै रुसी पूर्वमन्त्री मृत फेला
काठमाडौँ । रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन् । उनी पदबाट हटाइएको केही घण्टामै मृत भेटिएका हुन् ।
स्टारोभोइटलाई सोमबारै राष्ट्रपति व्लादिमीर पुटिनले मन्त्री पदबाट हटाएका थिए । बर्खास्तीको कारण सार्वजनिक गरिएको थिएन ।
रुसी जाँच समितिले घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार
















