सुन तस्करीमा अनुसन्धान सुरु



रसुवा, चैत्र ४

गैरकानुनी तवरले सुन तस्करी गर्नेलाई नेपाल प्रहरीले सङ्गठित अपराध निवारण ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले आज साँझ पत्रकारसम्मेलन गरी बिहीबार सुनसहित पक्राउ परेका स्याङ्जा वालिङ–९ घर भई रसुवा कर्मीडाँडा बस्ने ३६ वर्षीय प्रकाश गैरेलाई सङ्गठित अपराध नियन्त्रण ऐनअन्तर्गत कारबाही चलाउन जिल्ला अदालतबाट म्याद थप गरिसकिएको जानकारी दिएको छ ।

अभियुक्त गैरेले सुन बोक्न प्रयोग गरेको बा १७ च २२७५ नंको स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिनुभयो ।

गत पुस ४ गते बरामद भएको पाँच केजीसमेत चालु आवको हालको अवधिमा जम्मा १२ केजी सुन बरामद भएको छ । यसबीचमा सुन तस्करलाई सहयोग पुर्याएकाे  अभियोगमा एक प्रहरी नायब निरीक्षक र दुई जवानलाई सेवाबाट बर्खास्त गरिसकिएको सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News