साल्पासिलिछाे गाउँपालिका उद्घाटन



चौकीडाँडा, (भोजपुर) चैत्र ६
भाेजपुरकाे साल्पासिलिछाे गाउँपालिका कार्यालयको उद्घाटन भएकाे छ । कार्यालयको उद्घाटन निमित्त कार्यकारी अधिकृत सागरमणी गाैतमले गरेका हुन् ।

यतिबेला तत्कालिन चौकीडाँडा गाबिसको गाबिस भवनलाई कार्यालयको रुपमा प्रयोग गरि कार्य प्रारम्भ गरिएकाे छ । तर स्थायी केन्द्र भने चौकीडाँडाकै जाल्पा उच्च मा.वि. तिन्तामा मुनि र बाखुम्पा माथि बरडाँडामा स्थापना गर्ने सर्बपक्षीय सहमति भएको स्थानीय शिक्षक बिरेन्द्र राईले बताए।

उनका अनुसार ताेकिएकै केन्द्रबाट एक हप्ता भित्र कार्यलय स्थापना गरी सेवा प्रवाह गर्ने चारवटै पूर्व गाबिसकास्थानीयबिच सहमती भएको छ । कार्यालयकाे लागि तत्काल आवश्यक सामाग्रीहरू खरिद गरि कामको थालनी गर्ने पनि सर्बपक्षिय भेलाले निर्णय गरेको छ।

भौगोलिक रुपमा साल्पासिलिछो गाउँपालिका भोजपुरको सुदुर उत्तरी गाउँपालिका बन्न पुगेको छ। पूर्ववर्ती दोभाने, खाटाम्मा, चौकीडाँडा र कुलुङ गाबिस मिलाएर साल्पासिलिछो गाउँपालिका बनेको हो। यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News