शिवम् सिमेन्टकोे ‘नो कम्प्रमाइज’ अन्तर्गत दोस्रो भिडियो सार्वजनिक




काठमाडौँ ३० असार । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ ।

जस अन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत “सर्तकताको मामलामा ‘नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।
यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत “कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाइएको थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी. सिमेन्ट उत्पादन तथा बिक्रि गर्दै आएको छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्