अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने



काठमाडौँ, चैत्र ६

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आज मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News