इजरायलले सिरियामा पनि गर्यो आक्रमण, तीन जनाको मृत्यु
काठमाडौं । इजरायलले सिरियामा पनि आक्रमण गरेको छ ।
बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि निशाना बनाएको थियो ।
यो आक्रमणबाट कम्तिमा तीन जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले सीरियामा ड्रुज समुदायलाई जोगाउन र सशस्त्र गिरोहलाई अन्त्य गर्ने उद्देश्यले आक्रमण गरेको जिकिर गरेका छन् ।
सिरियाको ड्रुज र आदिवासी बद्दु समूहबीच साम्प्रदायिक हिंसा भड्किएको छ । उनीहरुबिचको संघर्षमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार
















