लोकोबाङ्गे बाजा बजाइँदै
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहरा रातमाटामा रोल्पाली उवा घुसबाङ खाम समाज दाङले आयोजना गरेको राँके तिवार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा शनिबार मौलिक लोकोबाङ्गे बाजा बजाउँदै समाजका स्थानीय । राँके तिवार पर्व परापूर्वकालदेखि हरेक वर्ष साउन १ गतेदेखि ५ गतेसम्म नाचगान गरेर मनाउने चलन छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार
















