साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको ८ गाेल
काठमाडौं ३ असार । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८ गोलले जितेको छ ।
बंगलादेशको ढाकास्थित किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानलाई शुन्यका विरुद्ध ८ गोलले पराजित गरेको हो ।
नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने र समिक्षा मगर र कुसुम खतिवडाले एक/एक गोल गरे।
नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार
















