साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता
काठमाडौं ५ साउन। नेपाललाई हराउँदै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले च्याम्पियनसिपको उपाधि जितेको हो ।
पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीमा च्याम्पियन बनाइन् ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार
















