धारिलो हतियार प्रहार गरी किशोरीको हत्या, दुई जना घाइते
हेटौंडा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक वर्षीया किशोरीको हत्या भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
गएराति कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो ।
२६ वर्षीय आशा यादव र राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार










