बाल मन्दिरको रकम हिनामिना प्रकरणमा तीन जना पक्राउ



काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ ले बुधबार राति तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

सीआईबीका अनुसार पक्राउ परेकाहरुलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो ।

उनीहरुलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको स्रोतले बतायो ।

बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो।

यसअघि उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा तीनै जनाविरुद्ध ठगीको कसुरमा मुद्दा चलाउने सीआईबीको तयारी छ ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्