टीकापुरमा प्रहरी हिरासतबाट फरार भएका थुनुवा अमरावतीमा समातिए
धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति भागेका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पक्राउ परेका छन् ।
भेष बदलेर मोटरसाइकल चलाइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले संजयलाई अमरावतीबाट पक्राउ गरेको हो ।
a
टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए र अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका थिए ।
आइतबार राति संजयले पानी खाने बहाना बनाएर हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई धकेल्दै भागेका थिए ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
यता थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई पनि निलम्बन गरिएको थियो ।
त्यसपछि संजयको खोजी तीव्र पारिएको र खोजीकै क्रममा उनलाई फेला पारिएको हो ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










