सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली



काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ अर्थात खिर खाने दिनको अवसरमा सबै देशबासीलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गर्दै शुभकामना दिएका हुन् ।

उनले लेखेका छन् –‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ।’ ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !’

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्