नेकपा बहुमतबाट दुई नेता निस्कासित, यस्तो छ कारण
काठमाडौं, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै विक र रसाइलीलाई निस्कासन गरेको जानकारी दिएका हुन् । पार्टीले उनीहरुले पार्टीभित्र चरम प्रकारको गुटबन्दी, अराजकता र अनुशासनहीनता प्रदर्शन गरेको आरोप लगाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको जनाएको छन् ।
२०७९ वैशाखमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबाट फुटेर बास्तोलाको समूहले नेकपा बहुमत गठन गरेको थियो ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार










