रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र
काठमाडौं । नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नंं–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन् ।
उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।
यसअघि सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपक बोहराको निधनपछि रिक्त भएको यहाँ उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार










