आमाको किरिया गर्न अाएको छोरो हिरासतमा पुग्यो


 


मोरङ, असार १२

आमाको मृत्यु भएपछि काजकिरिया गर्न मलेसियाबाट आएका मोरङका एक युवक प्रहरी हिरासतमा पुगेका छन् । मोरङको बेलबारी ११ घर भएका सञ्जीव राईलाई अर्काको पासपोर्ट प्रयोग गरेको भन्दै अध्यागनले पक्राउ गरेको हो ।

२ असारमा आमाको मृत्यु भएपछि उनी ८ असारमा नेपाल फर्केका थिए । साथीको पासपोर्ट लिएर आएको खुलेपछि उनलाई अध्यागमन कार्यालयले पक्राउ गरेको छ ।

कम्पनीले घर फर्कन नदिएपछि उनले सुवास कोइरालाको पासपोर्टमा आफ्नो फोटो राखी सोही पासपोर्ट प्रयोग गरी नेपाल आएका थिए ।
पासपोर्ट कीर्ते भएको खुलेपछि अध्यागमन विभागले उनलाई हिरासतमा राखी कारबाही अघि बढाएको छ ।

राईको परिवारले धरौटीमा छाडेर उनीमाथि पछि थप कारबाही गर्न माग गरेका छन् । तर, विभागले धरौटीमा छाड्न नमिल्ने भन्दै थुनामै राखेको छ ।

नयाँ पत्रिका

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्