थाँक्रोमा राखिएको मकै
लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नं ६ का किसान जीतबहादुर भुजेलको आँगनमा सुरक्षित तरिका अपनाएर थाँक्रोमा राखिएको मकै । मकैमा घुन, पुतली र कीरा नलागोस् भनेर थाक्रोमा राखिएको हो । यसरी राखिएको मकै वर्षभरि भुटेर खाजा खान, मकैको भात, ढिडो, रोटी खान तथा पशुलाई कुँढो बनाएर खुवाउन प्रयोग गरिन्छ । तस्बिरः देवेन्द्र गुरुङ/रासस
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार
















