एमालेको स्थायी समितिको बैठक बस्दै


 


काठमाडौं, चैत्र १०
नेकपा एमालेको स्थायी समितिको बैठक बिहीबार बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा स्थानीय तहको चुनावको तयारीका विषयमा छलफल हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

गाउँपालिका र नगरपालिकाका उम्मेद्वारको योग्यता र मापदण्डबारे छलफल हुनेछ । बैठकमा छलफल गरी उम्मेद्वारको मापदण्ड योग्यता र छनौट विधीबारे टुंगो लगाउन समिति पनि गठन हुन सक्ने र समसामयिक राजनीतिक विषयमाप पनि छलफल हुने भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्